एमाले नेता खनाल कोरोना सङ्क्रमणमुक्त
काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएकाछन् । सङ्क्रमित भई नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत खनाल आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।
सङ्क्रमित भएपछि गएको बैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।