चितवनमा २१ सयभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा, १ सय ३८ जनाको मृत्यु



Download our app to get more features

चितवन, २६ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितमध्ये ९२ प्रतिशत होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतवार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २ हजार ३ सय १३ पुगेको छ । जसमध्ये २ हजार एकसय ३७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै, एकसय ३७ जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिँदैछ ।

भरतपुरमा मात्रै १९ सय बढी सक्रिय संक्रमित

जिल्लामा सक्रिय संक्रमितमध्ये १ हजार ९ सय ४ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । यो जिल्लाभर सक्रिय संक्रमितको ८२ प्रतिशत हो । बाँकी ४ सय ९ जना संक्रमित हुनेमा जिल्लाका अन्य छ स्थानीय तहका छन् ।

संक्रमित हुनेको संख्या साढे ९ हजार नाघ्यो योसँगै जिल्लाभर अहिलेसम्म कुल संक्रमित हुनेको संख्या ९ हजार ५ सय १९ पुगेको छ । जसमध्ये ७ हजार ६८ जना निको भइसकेको छन् । 

त्यस्तै, संक्रमितमध्ये अहिलेसम्म एकसय ३८ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-05-09 18:58:49

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts