नेपालमा एकैदिन हालसम्म कै धेरै मानिसको कोरोनाका कारण मृत्यु
८ सय ३२ जना आईसीयूमा उपचाररत
काठमाडौं, २६ वैशाख । नेपालमा एकैदिन हालसम्म कै धेरै मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो नेपालमा एकैदिन मृत्यु हुने हालसम्मकै धेरै संख्या हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ ।
यस्तै हाल देशभर ८८ हजार १ सय ६० सक्रिय संक्रमित रहेका छन् । जसमा ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा छन् भने ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
देशभर रहेका संक्रमितमध्ये ८ सय ३२ जना आईसीयूमा भर्ना भएका छन् भने २ सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Last modified on 2021-05-09 19:02:06