जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव
बैतडी, २६ वैशाख । जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको छ ।
कोरोनाका बिरामीहरु बढ्दै गएपछि अक्सिजनको अभाव भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । अक्सिजनको अभावमा अब थप बिरामी भर्ना गर्नसक्ने अवस्था नभएको उनले बताए ।
अहिले जिल्ला अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भइरहेको डा. जोशीले बताए । अस्पतालमा भएका अक्सिजन सिलिण्डरहरु खाली भएका र अक्सिजन आपूर्ती हुन नसकेको उनले बताए ।
जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसंगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिरहेको छ ।
कोरोनाको दास्रो लहर चलेपछि जिल्ला अस्पताल बैतडीमा अहिले सम्म ३१ जना उपचारका लागि भर्ना भएका छन् । ती मध्ये ९ जनाले कोरोना जितेका छन् भने ७ जनालाई अन्यत्र रेफर गरिएको छ ।
यस्तै जिल्ला अस्पतालमै कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ ।