वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने



Download our app to get more features

काठमाडौं, २६ बैशाख ।  सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। 

कोरोना संक्रमितले आईसीयू नपाएर ज्यान गुमाउन थालेपछि शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो। सीसीएमसीले पनि वीरको नयाँ भवनलाई युनिफाइड अस्पताल बनाउन सिफारिस गरेको थियो ।

नयाँ भवनको शुरुमा ५०० शय्याको हुने छ भने पछि अस्पतालको विस्तारै क्षमता विस्तार गरिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा न्यूनीकरणका लागि युनिफाइड केन्द्रीय अस्पतालले देशभरकै अस्पतालहरुको नेतृत्व गर्ने छ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts