अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धताका लागि सरकारसँग एनएमएको आग्रह



Download our app to get more features

काठमाडौं, २६ वैशाख । नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धताका लागि आग्रह गरेको छ ।

संघले कोभिड–१९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाई बेडबाट खाली गर्नु पर्ने अवस्था आएको भन्दै अक्सिजनको सहज उपलब्धता गराईदिन सरकारसँग माग गरेको छ ।

कोरोना महामारीको यस गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको हो ।

बिरामीको ज्यानको रक्षाका लागि चिकित्सकहरु लागि रहेको तर, बिरामीलाई चाहिने अक्सिजन अभावका कारण उनीहरुको मृत्यु हुने दर बढ्ने हुँदा यथाशिघ्र माग सम्बोधन गर्न पनि संघले आग्रह गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts