कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले ध्यान दिनुपर्ने भन्दै पत्रकार महासंघद्वारा निर्देशिका जारी
काठमाडौं, २६ वैशाख । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै सबै क्षेत्रका मानिसहरु कोरोनाको चपेटमा आउन थालेका छन् । जसमा सूचना सम्प्रेषण गर्ने पत्रकारहरु पनि रहेका छन् ।
पहिलो चरणको लहर र दोस्रो चरणको लहरमा गरि पत्रकारहरु कोरोनाका कारण संक्रमित हुने र मृत्युवरण हुने गरेको हुँदा नेपाल पत्रकार महासंघले कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले ध्यान दिनुपर्ने भन्दै निर्देशिका जारी गरेको छ ।
महासंघले कोरोनासम्बन्धी समाचार सम्प्रेषण र सूचना संकलन गर्दा आफ्नो स्वास्थ्य सावधानीलाई ध्यानमा राखी काम गर्न आग्रह समेत गरेको छ ।
यस्तो छ महासंघले जारी गरेको निर्देशिका :
Last modified on 2021-05-09 10:01:05