वीर र ट्रमालाई कोभिड डेडिकेटेड अस्पताल बनाइने



Download our app to get more features

काठमाडौं, २५ बैशाख । सरकारले कोरोना संक्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित हाल चलिरहेको अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको हो।

मन्त्रालयमा भएको छलफल अनुसार ट्रमाको २ सय शय्या, वीर अस्पतालको हाल चलिरहेको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शय्या बनाउने निर्णय भएको छ। वीरको नयाँ सर्जिकल भवनमा क्रमशस् आवश्यकता अनुसार शय्या थप गर्ने निर्णय पनि भएको छ । 

साथै मन्त्रालयले वीरको नयाँ अस्पताललाई कोरोना डेडिकेटेड युनिफाइड कमान्ड अस्पतालका रुपमा चलाउने गरी प्रस्ताव मन्त्रिपरिषदमा लगिएको बताइएको छ। यसका लागि मन्त्रालयमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिने प्रस्ताव गरिएको छ।

Last modified on 2021-05-09 09:13:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts