चितवनमा २४ घण्टा भित्र १४ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, २५ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत् ६ जना, चितवन मेडिकल कलेजमा उपचाररत् २ जना, क्यान्सर अस्पतालमा उपचाररत् १ जना, राप्ती नगरपालिकामा १ जना, माडी नगरपालिकामा १ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ जना चितवन जिल्लाका छन् । बाँकी ६ जना विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आएका मध्यबाट छन् ।

Last modified on 2021-05-08 19:31:57

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts