चितवनमा बढ्दैछन् सक्रिय संक्रमित, ७ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त



Download our app to get more features

चितवन, २५ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या २३ सय नाघेको छ । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिवार (आज) दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २ हजार ३ सय ७ पुगेको छ । 

जसमध्ये १ हजार ९ सय जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । यो जिल्लाभर सक्रिय संक्रमितको ८२ प्रतिशत हो । बाँकी ४ सय ७ जना संक्रमित हुनेमा जिल्लाका अन्य छ स्थानीय तहका छन् । संक्रमित मध्ये २ हजार १ सय ४३ जना होम आइसोलेसनमा छन् । त्यस्तै एकसय ६४ जनाको अस्पताल भर्ना गरी उपचार गरिदैंछ ।

योसँगै जिल्लाभर अहिलेसम्म कुल संक्रमित हुनेको संख्या ९ हजार ४ सय ८५ पुगेको छ । जसमध्ये ७ हजार ४० जना निको भईसकेका छन् । संक्रमितमध्ये अहिलेसम्म एकसय ३७ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-05-08 16:02:07

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts