दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

दार्चुला, २५ बैशाख । दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ। 

जिल्लाको शैल्यशिखर नगरपालिका–९ की ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका डाक्टर नियाज अन्सारीले बताए।

शुक्रबार अचानक स्वासप्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएकी उनको शरीरमा अक्सिजनको मात्रा ४५ प्रतिशत रहेको अन्सारीले बताए। 
मृतक दमका बिरामी रहेको अस्पतालले जनाएको छ। उनको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts