सुदूरपश्चिम सरकारले फिर्ता माग्यो पहाडी जिल्लाका अस्पताललाई दिइएका भेन्टिलेटर



Download our app to get more features

धनगढी, २५ बैशाख । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ।
कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ। 

‘हामीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर मागेका थियौं। ती मध्ये ४ जिल्ला अस्पतालले दिन्छौं भनेका छन्। तर अहिलेसम्म आएका छैनन्’ सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने। फिर्ता आएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने उनले बताए। 

केही समयअघि पहाडका ६ जिल्ला अस्पताललाई १०/१० बेडको आइसियू र २/२ वटा भेन्टिलेटर मन्त्रालयले दिएको थियो। जसअनुसार प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २÷२ भेन्टिलेटर छन्। तर जनशक्ति अभावमा ती सबै थन्किएका छन्। 

हाल सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर सुचारु अवस्थामा छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts