भेरी अस्पतालद्वारा कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग



Download our app to get more features

बाँके, २५ वैशाख । भेरी अस्पतालले कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेको छ ।

कोरोना महामारीको क्रममा दिनरात बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि बिरामीको आफन्तले ड्यूटीको समयमा हातपात गरेको भन्दै अस्पतालले दोषीमाथि कारबाहीको माग गरेको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान साढे ८ बजेतिर अपरिचित ३÷४ जनाको समूहमा आएका अराजक व्यक्तिहरुबाट कोभिड वार्डमा मृत्यु भएको बिरामी किन हेर्न नआएको भन्दै अस्पतालको इमरजेन्सी विभागमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि हातपात गरेको भन्दै घटनाप्रति खेद व्यक्त गरेको छ ।

साथै अस्पतालले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कडा कारबाहीको पनि माग गरेको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा कोभिड वार्डमा पछिल्लो केहिदिन यता बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले नै मृत्यु भएको भन्दै दुव्र्यवहार गर्ने गरिएको हुँदा त्यसले सेवामा खटिएका चिकित्सक, नर्स र अन्य स्टाफको मनोबल कमजोर बनाउने काम भएको भन्दै खेद व्यक्त गरेको छ ।

Last modified on 2021-05-08 11:45:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts