ग्रीन सिटी अस्पतालद्धारा नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया 

What's This?


Download our app to get more features

काठमाडौं, १२ साउन । ग्रीन सिटी अस्पतालले नयाँ प्रविधि मार्फत मुटुको सफल शल्यक्रिया गरेको जनाएको छ । अस्पतालले आज एक कार्यक्रम गरेर बिरामीको काखीमुनी सानो प्वाल पारेर मुटुको शल्यक्रिया सम्पन्न गरेको जनाएको हो । 

अस्पतालका चिकित्सक डा. अनिल भट्टराईको टोलीले धादिङकी १६ वर्षिया श्रीषा कार्कीको काखीमुनी प्वाल पारेर ओपन हर्ट सर्जरी गरेका हुन् । 

उपचारमा संलग्न चिकित्सक डा. भट्टराईले युरोप र अमेरिकाजस्ता विकसित देशहरुमा पनि भर्खरै शुरु भएको प्रविधिको प्रयोग गरेर आफूले पनि नेपालमा पहिलोपटक बिरामीको सफल शल्यक्रिया गरेको बताए । उनले मुटु रोगको उपचारका लागि वर्षेनी करोडौं रुपैयाँ विदेशीने गरेपनि अब सहुलीयत दरमा नैपालमै सुविधासम्पन्न सेवा उपलब्ध हुने दावी गरे । 

कार्यक्रममा एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त बजेट छुट्याउने प्रतिवद्धता जनाए । उनले नेपालमा पनि नयाँ नयाँ प्रविधिबाट सहुलियतमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा शुरु भएकाले सबै नेपालीले सहजै उपचार पाउने वातावरण बनेको बताए । 

नेपाली कांग्रेसका नेता रामशरण महतले अब बन्ने सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए । उनले विगतमा आफूहरु सरकारमा सहभागी हुँदा पनि स्वास्थ्य क्षेत्रमा उपयुक्त बजेट छुट्याएको बताए । 

नेकपा एमालेका नेता लालबाबु पण्डितले राज्यको ढुकुटीको पैसा खर्च गरेर विदेशमा उपचार गर्ने नेताहरुको प्रवृत्तिले नै नेपालमा स्वास्थ्य क्षेत्रमा आम मानिसको गलत धारणा पलाएको बताए । 

कार्यक्रममा मुटुको सफल उपचारमा संलग्न चिकित्सक र बिरामीलाई सम्मान गरीएको थियो । 
 

Last modified on 2016-07-27 17:35:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts