२४ घन्टामा ५० जनाको कोरोनाका कारण मृत्यु, ७ सय २८ जना आईसीयूमा उपचाररत



Download our app to get more features

काठमाडौं, २४ वैशाख । नेपालमा कोरोना भाइरसके संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ७ सय २८ जना आईसीयूमा भर्ना छन् भने २ सय ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

Last modified on 2021-05-07 20:19:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts