कोरोनाकालमा निजी अस्पतालले बढाएको शुल्कमा एमाले स्वास्थ्य विभागकाे आपत्ति
काठमाडौं, २३ बैशाख । निजी अस्पतालले बढाएको शुल्क नियन्त्रण गर्न सत्ताधारी नेकपा एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभागले आपत्ति जनाएकाे छ ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख खगराज अधिकारीले कोरोनाको महामारीको बेला निजी अस्पतालले सेवा नगरी शुल्कमात्रै बढाउँदा नागरिकको ढाड सेकिने भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
कोरोनाले संकट निम्त्याएको समयलाई आय आर्जनको बाटो बनाएर केही निजी अस्पतालले शल्क बढाएकोमा ध्यानकषर्ण भएको विज्ञप्तिमा उल्लेख छ । आफ्नो छाक काटेर उपचार गरेका बेला निजी अस्पतालले शुल्क बढाउँदा पीडितलाई बज्रपात पर्ने र परिवारले थेग्न नसक्ने गरि भएको मुल्य वृद्धिलाई नेपाल सरकारले अविलम्ब समाधान गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।
Last modified on 2021-05-07 09:35:57