थप ५४ जनाको कोरोनाका कारण मृत्यु, भेन्टिलेटरमा उपचार गराउनेको संख्या २ सय नाघ्यो
काठमाडौं, २३ वैशाख । नेपालमा एकैदिन ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ६ सय ५२ जना आईसीयूमा भर्ना छन् भने २ सय १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा छन् भने ६७ हजार २ सय ४६ जना होम आइसोलेनसमा रहेका छन् । यस्तै ३ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् ।
Last modified on 2021-05-06 20:47:54