शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, २३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७  र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । 

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधवार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts