नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

वीरगञ्ज, २३ बैशाख । वीरगञ्जको नारायणी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर नगरपालिका(२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका २ जना छन् ।
बैशाख १९ गते भर्ना भएका वीरगञ्जका संक्रमित बुधबार राति ११:३५ बजे र बैशाख २१ गते भर्ना भएका गौरका संक्रमितको बिहीबार बिहान ५:५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल आएकै दिन दुवै विरामीको एन्टीजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर दुवैको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । 
योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ ।

Last modified on 2021-05-06 19:32:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts