डडेल्धुराको अमरगढीले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने
डडेल्धुरा, २३ बैशाख । डडेल्धुराको अमरगढी नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शव वाहन बनाउने घोषणा गरेको छ।
कोरोना संक्रमणको दोस्रो लहर तिब्र रूपमा फैलिन थालेपछि अमरगढीले उक्त घोषणा गरेको हो।
अमरगढीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शव वहान बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए। नगरप्रमुख र उपप्रमुख चढ्ने २३९ नम्बरको गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय गरिएको उनले बताए।
जनताको करबाट खरिद गरेका स्थानीय तहका गाडीलाई कोरोना संक्रमितको लागि प्रयोग गर्नुपर्ने आवाज तिब्र रूपमा उठेको थियो।