चितवनको माडीमा एक जना कोरोना संक्रमितले गरे आत्महत्या



Download our app to get more features

चितवन, २३ वैशाख । चितवनको माडी नगरपालिकामा एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन् । 

माडी नगरपालिका ३ का ३५ वर्षीय ती पुरुष आज बिहान साढे ७ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष पुरन महतोले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

उनका अनुसार ती पुरूष एकसाता अघि भान्जीको विवाहको लागि भारत गएर फर्किएका थिए । उनले २१ गते कोरोना परीक्षणका लागि बघौडा अस्पतालमा स्वाब दिएका थिए । बुधवार उनमा कोरोना पुष्टि भएको थियो । उनी भारतबाट फर्किएदेखि नै होम आइसोलेसनमा नै बस्दै आएका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सरकारले कोरोना संक्रमण पुष्टि हुँदैमा आत्महत्या नगर्न र यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि सबैलाई अपिल गर्दै आएको छ ।

यस रोगलाई  जित्न सकिने भन्दै सन्तुलित खाना,  घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न विज्ञहरुले आग्रह गरेका छन् ।

Last modified on 2021-05-06 13:28:07

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts