सुदूरपश्चिममा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

धनगढी, २२ वैशाख । सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा कैलालीका ४ जना, कञ्चनपुरका १, डडेल्धुराका १, डोटीका १, बाजुराका १ र बैतडीका १ गरी ९ जनाको मृत्यु भएको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज श्रेष्ठले बताएका छन् ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।  उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

यस्तै जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको मृत्यु भएकोे स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेज बिक्रम शाहीले बताएका छन् ।

यस्तै बैतडीको पाटन नगपालिकाका ४४ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

त्यस्तै बाजुराको गौमूल गाउँपालिका–३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts