नेपालमा एकैदिन ५८ जनाको कोरोनाका कारण मृत्यु, होम आइसोलेसनमा बस्नेको संख्या ६१ हजार नाघ्यो
काठमाडौं, २२ वैशाख । नेपालमा एकैदिन ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो एकैदिन मृत्यु हुने हालसम्म कै धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ५८ जनाको कोरोना संक्रमणका कारण देशभर मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय जना आईसीयूमा भर्ना भएका छन् भने १ सय १ सय ५६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-05-05 21:29:02