नेपालमा उकालो लाग्दै कोरोना संक्रमणको दर, निको हुनेदर ८० प्रतिशतमा झर्यो



Download our app to get more features

काठमाडौं, २२ वैशाख । नेपालमा हालसम्मकै धेरै मानिसमा गत २४ घन्टामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालभर हालसम्म कै धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घन्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

उनका अनुसार गत २४ घन्टामा २१ हजार ३ सय ७२ कोरोना परीक्षण गरिएको छ । जसमा २० हजार ७ सय ५६ आरटी पिसिआर परीक्षण  गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ ।

यस्तै गत २४ घन्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ । यो दर कुल संक्रमितको ८० दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको छ । 

Last modified on 2021-05-05 21:28:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts