नोबेल अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु
विराटनगर, २२ बैशाख । विराटनगरको नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका ७ का ५४ वर्षीय पुरुष र विराटनगर महानगरपालिका १२ का ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
योसँगै पछिल्लो समय कोरोना संक्रमणबाट नोबेलमा मृत्यु हुनेको सख्या १२ पुगेको छ । हाल अस्पतालमा १ सय १ जना संक्रमितको उपचार भइरहेको दाहालले बताए ।