बुटवलमा थप चारजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, २२ बैशाख । लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षिय पुरुषमा बैसाख १५ गते कोरोना पोजेटिभ पुष्टी भई सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै, कन्चन गाउंपालिका–४का २७ वर्षिया महिलामा बैसाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५.४५ बजे मृत्यु भएको हो ।

यस्तै बुटवल ९का ५४ वर्षिया महिलामा बैसाख १८ गते कोरोना संक्रमण पुष्टी भई सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६.२२ मा मृत्यु भएको हो ।

यस्तै बैसाख १४ गते कोरोना संक्रमण पुष्टी भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षिया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६.३८ मा मृत्यु भएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts