बीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु



Download our app to get more features

धरान, २१ बैशाख । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

अस्पतालका  सह-प्रवक्त डा. चुरामणी पोखरेलका अनुसार सप्तरीको सप्तकोशी-१ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ५ बजेर १५ मिनेटमा मृत्यु भएको हो। डा पोखरेलका अनुसार पुरुषमा पहिलादेखि नै उच्च रक्तचापको समस्या समेत थियो।

ती पुरुषमा बैशाख १२ गते कोरोना पोजिटिभ आएपछि प्रतिष्ठानको कोरोना अस्पतालमा भर्ना भएका थिए।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts