थप ३७ जनाको कोरोनाका कारण मृत्यु, भेन्टिलेटरमा उपचार गराउनेको संख्या १ सय ४२ पुग्यो



Download our app to get more features

काठमाडौं, २० वैशाख । नेपालमा हालसम्मकै धेरै मानिसको एकैदिन कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा हालसम्मकै धेरै ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसअघि नेपालमा ३५ जनाको कोरोनाका कारण एकैदिन मृत्यु भएको थियो ।

मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । यो दर कुल संक्रमितको ० दशमलव ९८ प्रतिशत हो ।

यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा भर्ना छन् भने १ सय ४२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५० हजार १ सय ७२ जना होम आइसोलेसनमा छन् भने ३ हजार ८ सय ६९ जना संस्थागत आइसोलेसेनमा रहेका छन् ।

Last modified on 2021-05-04 07:21:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts