महाकाली अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै युवा व्यवसायी



Download our app to get more features

महेन्द्रनगर, २० वैशाख । कोरोना कहरमा संक्रमितहरु अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउने भएका छन् ।

कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक शुशील श्रेष्ठ र महेन्द्रनगरमा युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड हरिकुमार श्रेष्ठसँग पहिलो चरणमा एक सातासम्म दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने सम्झौता गरेका हुन ।

सम्झौतामा स्थानीय अक्सिजन सप्लार्यरसित समन्वय गरेर दुवै पक्षले दैनिक रुपमा सिलिण्डर उपलब्ध गराउने र धनगढी र नेपालगञ्जबाट अक्सिजन ल्याएर श्रेष्ठ र मल्लले अस्पतामललाई दिने उल्लेख छ ।

“दैनिक जसो यहाँ संक्रमितहरु अक्सिजन नपाएर छट्पटिएको देखेपछि सामाजिक उत्तरदायित्व सम्झेर अक्सिजन दिने निर्णयमा पुग्यो ।” युवा व्यवसायी मल्लले भने, “ यस्तो महामारीका बेला सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर दुखः टार्नुपर्छ।”
उनले महाकाली अस्पतालमा अक्सिजन नपाएकै कारण पनि संक्रमितको मृत्यु भएको घटना सुनिएको बताए ।

“हुनेखानेले हेलिक्पटर चार्टर गरेर पनि सुविधान भएका ठाउँमा उपचार गर्लान” उनले भने विपन्न समुदायका संक्रमितहरुले अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले पनि स्थानीय ठाउँमा सहयोग र सर्मथन गरौ भन्ने हो ।”

गत वर्ष मल्ल र श्रेष्ठ नेतृत्वमा महेन्द्रनगरका युवा व्यवसायी र व्यापारीहरुको टोलीले भारतबाट कोरोनाको त्रासमा स्वदेश फर्किने नेपालीहरुलाई भोजन र पानीको निःशुल्क व्यवस्थापन समेत गरेको थियो ।

“त्यो बेला सबै साथीहरुले साथ र सहयोगले १८ हजार नागरिकलाई सीमानामा भोजनको व्यवस्था गरिएको थियो” उनले भने, “समस्या पर्दा राज्यको मुख ताक्नु भन्दा पनि समाजमा हातेमालो गरेर काम गर्ने हो ।

उनले महामारीको अवस्था हेरेर अस्पताललाई अक्सिजनको आपुर्ती पनि बढाउँदै लगिने जानकारी दिए ।

त्यसैगरी महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले युवाहरुले देखाएको सहयोगी भावले संत्रमितको स्वास्थ्य उपचारमा सहजता आउने बताए । 

“यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरु स्वास्थ्य सुविधा अपुग हुँदा पनि अहोरात्र सेवामा हुनुहुन्छ ” उनले भने “ यस्तो विपत्मा सबैले सहयोग गर्नुपर्छ ।”

महाकाली अस्पतालमा कोरोना संक्रमितको चाप दिनप्रति दिन बढ्दै गइरहेको छ । अस्तापलका आइसियु बेड संक्रमितले भरिएका छन् । भने कोरोना परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या पनि ह्वात्तै बढेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts