काेभिड विरुद्ध सरकारका सबै संयन्त्र परिचालन गरिएकाे प्रधानमन्त्रीकाे दावी



Download our app to get more features

काठमाडौं, २० वैशाख । सरकारले कोरोना महामारी नियन्त्रणका लागि सबै संयन्त्रलाई परिचालन गरेको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको दोस्रो चरणको लहरले संक्रमण दर उकालो लाग्दै गरेको बेला सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेर रोकथाममा लागेको बताए ।

उनले विश्वभर कोरोना महामारीको दोस्रो चरण लहर सुरु भएको हुँदा त्यसको असर नेपालमा पनि देखिएको र यसलाई रोकथाम तथा नियन्त्रणका लागि तीन तहकै सरकार लागि रहको बताए ।

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाईका लागि खोप, औषधि लगायत सबै पूर्वाधार तयारीका लागि सरकारले तयारी गरेको र गरिरहेको पनि उल्लेख गरे ।

महामारी कै कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्नेमा सरकार गम्भीर रहेको र संविधानले व्यवस्था गरेको सवास्थ्य सम्बन्धी अधिकार प्रत्याभूत गराउनका लागि सरकारले आफ्ना सबै संयन्त्रलाई परिचालन गरेको उनको भनाइ छ ।

उनले भने, ‘छिटो भन्दा छिटो सबै नागरिकलाई कोरोना विरुद्धको खोपको पहुँचमा पुर्याउनका लागि सरकारले पहल गरिरहेको र विभिन्न मुलुकसँग कुराकानी भइरहेको हुँदा चाँडै खोप नेपा आइपुग्छ । खोपको दुबै डोज लगाउँदा त्यसले जोखिम कम हुने भएको कुरालाई ध्यानमा राखी काम द्रूत गतिमा अघि बढेको छ ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यानाम राखी आवश्यक तयारी स्वरुप काठमाडौं उपत्यकामा १ हजार शय्याको आइसोलेसन वर्डा बनाउनका लागि निर्देशन दिएको पनि जानकारी गराए ।

उनले वीर अस्पतालको नयाँ भवन, मेडिकल कलेजका अस्पताल सबैलाई कोरोनाको उपचारमा खटिनका लागि भनिएको पनि बताए ।

सरकारी ठूला तथा कोभिड अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको र हुन बाँकी रहेका अस्पतालमा पनि छिटै उत्पादन सुरु हुने भन्दै उनले अक्सिजन ग्यास र झोल अक्सिजनको व्यवस्थापनका लागि सम्बन्धीत निकायलाई निर्देशन दिएको बताए ।

यस्तै कोरोनाको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभर लगायतका अन्य एन्टीबायोटिक औषधिको आपूर्तिका लागि पनि अनुमति दिइएको र मौज्दात राख्ने गरि काम भयरहेको भन्दै उनले औषधि अक्सिजन लगायतमा  कालोबाजारी गर्नेलाई कारबाही गरिने पनि बताए ।

प्रधानमन्त्री ओलीले कोरोना माहामारीविरुद्धको यस लडाईंमा आवश्यक जनशक्ति व्यवस्थापनका लापग प्रदेश र स्थानीय सरकारलाई अधिकार दिईएको साथै रिटायर्ड चिक्तिसकलाई एक वर्षका लागि करार सेवामा खटाइने पनि बताए ।
 
यस्तै कोरोनाविरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मी, सफाईकर्मीलाई ५० प्रतिशत जोखिमभत्ता उपलब्ध गराइने भन्दे प्रधानमन्त्री ओलीले कोरोना महामारीको जोखिमलाई नियन्त्रण गर्नका लागि सबै समुदाय, टोल र गल्लीमा प्रहरीद्वारा निगरानी बढाइने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निषेधाज्ञाको क्रममा कसैलाई भोकमरीका कारण मर्ना नपरोस्मा भन्नेमा सरकार सचेत रहेको पनि बताए ।

उनले कोरोना परीक्षणको दायरा बढाइने र समुदायस्तरमा कोरोना फैलिनबाट रोक्नका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको पनि उल्लेख गरे । 

Last modified on 2021-05-03 18:55:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts