दैलेखमा २१ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा

दैलेख, १९ बैशाख । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको आइतवार बसेको बैठकले वैशाख २१ गते मङ्गलवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने जनाएको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका अन्य सबै सेवा बन्द हुने भएको छ ।