सबै हव अस्पताललाई २४ सैं घन्टा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन निर्देशन
काठमाडौं, १९ वैशाख । सरकारले कोरोनाका सबै हव अस्पताललाई २४ सैं घन्टामा उपचारमा खट्न निर्देशन दिएको छ ।
सवास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका २५ हव अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि २४ सैं घन्टा सातैदिन व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सबै हव अस्पतालमा ट्राइएज क्लिनिक सञ्चालन गर्न, एउटा चिकित्सकको नम्बर सार्वजनिक गर्न, स्याटेलाइट अस्पतालहरुसँग र ज्रएभ्इऋ सँगको समन्वयमा बिरामी व्यवस्थापन गर्न पनि भनेको छ ।
यस्तै मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा उपस्थित भइ सेवा दिन पनि निर्णय गरेको छ ।
यस्तै विदेश जानेहरुको पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पिसिआर र ए वर्गका प्रयोगशालाले गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।