२४ घन्टामा देशभर २७ जनाको कोरोनाका कारण मृत्यु, मृत्युदर १ प्रतिशतभन्दा कम
काठमाडौं, १९ वैशाख । नेपालमा कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ सय २५ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ९९ प्रतिशत हो ।
हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ३ हजार ५ सय ३० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् भने ४५ हजार १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै हाल देशभर रहेका संक्रमित रहेकामध्ये ४ सय ७७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
नेपमालमा पछिल्लो समय कोरोना संक्रमणको दर उकालो लाग्दै गर्दा बिरामीको उपचारमा समेत समस्या हुन थालेको छ ।
Last modified on 2021-05-02 19:28:29