पूर्व संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणका कारण निधन



Download our app to get more features

धनगढी, १९ वैशाख । कोरोना भाइरसको संक्रमणबाट पूर्व संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।

धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आइतबा उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो ।
तर एक्कासी स्वास्थ्यमा समस्या आएर दिउँसो रबनीको निधन भएको उनका श्रीमान मोतीलाल चौधरीले बताए ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts