सुदूरपश्चिममा कोरोनाका कारण ८ दिनमा ४३ जनाको ज्यान गयो
धनगढी, १९ बैशाख । सुदूरपश्चिममा कोरोना भाइरसका कारण ८ दिनमा ४३ जनाको ज्यान गएको छ। गत शनिबारदेखि यो शनिबारसम्म ४३ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन्। निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८÷१८ जनाको मृत्यु भएको छ। डडेल्धुरा र अछामका २÷२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले ज्यान गुमाएका छन्।
हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ।
Last modified on 2021-05-02 18:29:25