कोरोनाका कारण कञ्चनपुरमा ३३ वर्षीय पुरुषको मृत्यु
धनगढी, १९ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण कञ्चनपुरका थप एक जनाको ज्यान गएको छ।
आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनीमा वैशाख १३ गते संक्रमण पुस्टि भएको थियो। उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।