चितवनमा ५४ जना संक्रमितको आईसीयू र ९ जनाको भन्टिलेटरमा उपचार चल्दै

अधिकांश संक्रमितको शरीरमा अक्सिजनको कमी



Download our app to get more features

चितवन, १९ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये ५४ जनाको आईसीयू र ९ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।

स्वास्थ्य कार्यालय चितवनले शनिवार दिउँसोसम्म यहाँका तीन ठुला अस्पतालमा गरी एकसय ७२ जना संक्रमित उपचाररत रहेको जनाएको छ । ती मध्ये ५४ जना संक्रमितको आईसीयू र ९ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ । 

कार्यालयका अनुसार चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा ७ जनाको आईसीयू र ४ जनाको भन्टिलेटर, चितवन मेडिकल कलेज (सिएमसी)मा ३७ जनाको आईसीयू र ५ जनाको भन्टिलेटर उपचार चल्दै छ । त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना आईसीयू उपचाररत छन् । यसरी उपचाररत रहनेमा अन्य जिल्लाका संक्रमित समेत रहेका छन् ।

अस्पतालमा भर्ना भएका कोरोनाका अधिकांश  बिरामीलाई शरीरमा अक्सिजन मात्रा कम देखिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । 

उनका अनुसार सबै जसो भर्ना बिरामीलाई अक्सिजन लगाउनुपरेको छ । अझै दुखको कुरा, हाई फ्लो अक्सिजनको सपोर्टमा समेत बिरामीले श्वासप्रश्वासमा समस्या भएको र अक्सिजन नपुगेको गुनासो गरिरहेका छन् । 

कोरोना लाग्न नदिन यसो गरौं

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई विज्ञले अनुरोध गरेका छन् । उनीहरूले सन्तुलित खाना, घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न समेत आग्रह गरेका छन् ।

Last modified on 2021-05-02 13:56:44

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts