चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो



Download our app to get more features

चितवन, १९ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार शनिवार दिउँसोसम्म जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या नौ सय ८८ थियो । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सीएमसी) मा शनिवार गरिएको परीक्षणमा चितवनका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको हो । 

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ५७ जना छन् । त्यसैगरि खैरहनी नगरपालिकाका ६, राप्तीका २ र माडी नगरपालिकाका १ जना रहेका छन् ।

यही वैशाख १ गते चितवनमा सक्रिय संक्रमितको संख्या ९६ थियो । तीन साता पनि नपुग्दै त्यो संख्या १ हजार नाघेको छ ।

Last modified on 2021-05-02 11:48:06

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts