कोरोना उपचार तथा नियन्त्रणमा सरकार जिम्मेवार छ: मन्त्री त्रिपाठी 



Download our app to get more features

काठमाडौं, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएकाछन् ।  मन्त्री त्रिपाठीले  भिडियो शन्देश माफर्त कोरोनाको उपचार विधि, अस्पताल थप गर्ने लगायतका व्यवस्थापन सरकारले गर्ने भएकाले आतंकित नहुन आग्रह गरेकाहुन  ।  

उनले कोरोनाको उपचारको जिम्मा सरकारले लिएको भन्दै भोलिदेखि नै कोभिडको उपचारका लागि काठमाडौं उपत्यकामा थप १ हजार बेड सञ्चालनमा ल्याइने जानकारी दिए ।  मन्त्री त्रिपाठीले कोरोना नियन्त्रणका सवालमा कहिंकतै त्रुटी भएको र त्यसको नैतिक जिम्मेवार आफुले लिएको भिडियो शन्देसबाट बताएका छन् । 

दोस्रो लहरको संक्रमण जटिल रहेपनि आतंकित हुन नपर्ने र कोरोना उपचारका लागि आवश्यक पर्ने औषधि, अक्सिजन लगायतका सामग्री केही दिनमा नै नेपाल ल्याइने उनले बताएकाछन् । कोरोना नियन्त्रण गर्न निषधाज्ञा गर्नु परेको भन्दै केही समय धैर्य गर्न सर्वसाधरणलाई आग्रह समेत गरेका छन् । 

Last modified on 2021-05-02 08:34:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts