सर्वसाधारणको स्वास्थ्य उपचार गर्नबाट सरकार पञ्छिन मिल्दैनः नेपाल चिकित्सक संघ



Download our app to get more features

काठमाडौं, १८ वैशाख । नेपाल चिकित्सक संघले सरकारले बिरामीको उपचार गर्न नसक्ने भनेर पञ्छिन नमिल्ने बताएको छ ।

संघले शनिवार विज्ञप्ति जारी गर्दै सरकारले शुक्रवार जारी गरेको अपिलमा सरकारको स्वास्थ्य प्रणालीले कोरोना संक्रमित बिरामीलाई थेग्न नसक्ने भन्दै पञ्छिन खोज्नु गलत रहेको बताएको छ ।

सरकारले शुक्रवार जारी गरेको अपिलमा स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भै सकेको हुँदा सावधानी अपनाउन आग्रह गरेको थियो ।

संघले नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा स्वास्थ्य मन्त्रालय आप्mनो दायित्वबाट पन्छिन नमिल्ने संघको ठहर छ ।

महामारीको संक्रमण बढ्दै गईरहेको शुरुकै अवस्थामा स्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढ्नु आजको आवश्यकता रहेको संघको विज्ञप्तिमा उल्लेख छ । 

साथै संघले महामारीको रोकथाम तथा उपचारका लागि विगतमा भैmं सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको पनि बताएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts