गेटा मेडिकल कलेजलाई आइशोलेसन बनाउन सीसीएमसीको निर्देशन



Download our app to get more features

धनगढी, १८ वैशाख । कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आइशोलेसन बनाउन निर्देशन दिइएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कलेजका निर्माणधिन भवनलाई आइशोलेसन बनाउन निर्देशन दिएको हो । 

कैलालीका प्रमुख जिल्ला अधिकारीले खगेन्द्र रिजालले आइशोलेसन व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई जिम्मेवारी दिइएको बताए । 

सोही निर्देशन अनुसार डीसीसीएमसीको मातहतमा रहनेगरी भोलिदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालेको उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts