नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ सय नजिक
आईसीयूमा भर्ना हुनेको संख्या ४ सय नाघ्यो
काठमाडौं, १८ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ सय नजिक पुगेको छ ।
गत २४ घन्टामा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ सय नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ । यो दर कुल संक्रमितको १ प्रतिशत हो ।
हाल नेपालभर रहेका संक्रमितमधये ४ सय १ जनाको उपचार आईसीयूमा भइरहेको छ भने १ सय १० जना भेन्टिलेटरमा उपचारतत छन् ।
यस्तै देशभर रहेका सक्रिय संक्रमितमध्ये ४० हजार १ सय ३ जना होम आइसोलेसनमा र ३ हजार १ सय १० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।