नेपालमा लगातार दोस्रो दिन ५ हजारभन्दा बढीमा कोरोना संक्रमण, सक्रिय संक्रमित ४३ हजार नाघ्यो
काठमाडौं, १८ वैशाख । नेपालमा दैनिक संक्रमण दरले नयाँ किर्तिमानी कायम गर्न थालेको छ ।
पछिल्लो २ दिनदेखि नेपालमा कोरोना भाइरसका कारण संक्रमितको हुने दर ५ हजार नाघेको छ ।
गत २४ घन्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १४ हजार ९ सय ६९ कोरोना परीक्षण गरिएको छ । जसमा १४ हजार ४ सय ३ आरटी पिसिआर परीक्षण गर्दा ६५ हजार ७ सय ६ र ५ सय ६६ एन्टीेजेन परीक्षण गर्दा ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ ।
यस्तै गत २४ घन्टामा १ हजार २ सय ८७ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२ पुगेको छ । यो दर कुल संक्रमितको ८५ दशमलव ९ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ रहेको छ ।