कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु
कञ्चनपुर, १८ वैशाख । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीया पुरुष र बेल्डाडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषलाई बैशाख ५ गते कोरोना भाइरस पुस्टि भएको थियो। उनको शुक्रबार दिउँसो १ बजे मृत्यु भएको हो । त्यस्तै बेल्डाडीका ५५ वर्षीय पुरुषको शुक्रबार दिउँसो २ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
यसअघि शनिबार नै कैलालीका २ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको मृत्यु भएको हो। बैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार विहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
यस्तै जिल्लाको गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा नोभा अस्पतालमा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।