तपाईँको जिल्ला र प्रदेशमा कस्तो छ कोरोना सङ्क्रमणको अवस्था ?
बीबीसी, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित रहेको जनाउँदै मानिसहरूलाई संवेदनशील हुन शुक्रवार सार्वजनिक अपिल गरेको थियो ।
मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्लामा राखेको छ ।
"स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइरहेको छ," मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ ।
जुनसुकै मार्गबाट देशभित्र वा बाहिर यात्रा नगर्न तथा सार्वजनिक स्थलहरूमा भिडभाड नगर्न एवम् जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अपिल गरेको छ ।
कुन प्रदेशको अवस्था कस्तो ?
वाग्मतीमा प्रदेशमा सबैभन्दा धेरै १९ हजार २९६ जना सक्रिय सङ्क्रमित छन् भने दोस्रो धेरै १० हजार २ सय ६२ सक्रिय सङ्क्रमित लुम्बिनी प्रदेशमा छन् ।
त्यसैगरी प्रदेन नं २ मा २ हजार २ सय ९६, प्रदेश नं १ मा २ हजार ७४, गण्डकी प्रदेशमा १ हजार ९ सय ६०, सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय १ र कर्णाली प्रदेशमा १ हजार १ सय २४ सक्रिय सङ्क्रमित छन् ।
मृत्युको हिसाबले पनि वाग्मती प्रदेश शीर्ष स्थानमा छ। त्यहाँ शुक्रवारसम्म १ हजार ६ सय ९६ जनाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
लुम्बिनी प्रदेशमा ५ सय ५ जना, प्रदेश नं १ मा ४ सय ८९ जना, गण्डकी प्रदेशमा ३ सय ४३, प्रदेश नं २ मा २ सय ९६, सुदूरपश्चिम १ सय ११ र कर्णाली प्रदेशमा ३९ जनाको मृत्यु भएको छ ।
वाग्मती प्रदेशमा १ सय ४४ जना आईसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा ८४ जना, प्रदेश नं १ मा ४० जना, कर्णाली प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा २२ जना, प्रदेश नं २ मा ९ र गण्डकी प्रदेशमा ५ जना आईसीयूमा छन् ।
भेन्टिलेटरमा वाग्मती प्रदेशमा ७२ जना, लुम्बिनी प्रदेशमा २०, कर्णाली र सुदूरपश्चिममा ७/७, प्रदेश नं १ मा ६ जना, प्रदेश नं २ मा २ र गण्डकीमा एकजना छन् ।
कुन जिल्लामा कति कुल सङ्क्रमित ?
प्रदेश नं १ को मोरङमा शुक्रवारसम्म कुल सङ्क्रमित १४ हजार ५ सय ५२ जना, सुनसरी ९ हजार ६ सय ३७, झापामा ५ हजार ४ सय ५२, उदयपुरमा ७ सय ३१ र इलाममा ५ सय १० जना छन् ।
त्यसैगरी संखुवासभामा ४ सय ४० जना, ओखलढुङ्गामा ३ सय १९, धनकुटामा ३ सय १५, खोटाङमा २ सय ५७, सोलुखुम्बु २ सय ११, ताप्लेजुङमा २ सय ४, पाँथचरमा २ सय , भोजपुरमा १ सय ८९ र तेह्रथुम १ सय ६७ जना कुल सङ्क्रमित छन् ।
प्रदेश नं १ मा हालसम्म कुल ३३ हजार १ सय ८४ जना सङ्क्रमित भएकोमा ३० हजार ६ सय २१ जना निको भई घर फर्किसकेका छन् ।
प्रदेश नं २ का पर्सामा सबैभन्दा धेरै ४ हजार ८ सय ४९ कुल सङ्क्रमित छन् भने दोस्रो धेरै धनुषामा ३ हजार ४ सय ६६ जना छन् ।
रौतहटमा ३ हजार ११ जना, सर्लाहीमा २ हजार ९८५, बारामा २ हजार ५ सय २३, सिरहामा २ हजार ३ सय ९६, सप्तरीमा २ हजार २ सय ३९ र महोत्तरीमा २ हजार १ सय ८९ जना कुल सङ्क्रमित छन्।
उक्त प्रदेशमा कुल २३ हजार ६ सय ५८ जना सङ्क्रमित भएकोमा २१ हजार ६६ जना निको भइसकेका छन्।
वाग्मती प्रदेशको काठमाण्डू जिल्लामा सर्वाधिक कुल सङ्क्रमित १ लाख २० हजार ७८ कुल सङ्क्रमित छन् भने दोस्रो बढी ललितपुरमा १९ हजार ५ सय ४० जना र भक्तपुरमा १० हजार ९ सय २७ सङ्क्रमित छन्।
चितवनमा ९ हजार ३ सय ४४ जना, मकवानपुरमा ४ हजार ७८२ जना, काभ्रेपलाञ्चोकमा ३ हजार ९ सय ९४ जना, धादिङमा १ हजार ९ सय ९४ जना, नुवाकोटमा १ हजार ८ सय १८ जना, सिन्धुपाल्चोकमा १ हजार १ सय ५७ जना, दोलखामा ८ सय ५६ जना, सिन्धुलीमा ६ सय ९० जना, रामेछापमा ६ सय ७५ जना र रसुवा २ सय ८२ जना कुल सङ्क्रमित छन् ।
यो प्रदेशका कुल सङ्क्रमित १ लाख ७६ हजार १ सय ३७ मध्ये १ लाख ५५ हजार ३ सय ४५ निको भई घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशको कास्की जिल्लामा ९ हजार ९ सय ६७ जना, गोरखामा १ हजार ७ सय ५४ जना, तनहुँमा २ हजार २९ जना, नवलपरासी पूर्वमा ३ हजार ३ सय ८५ जना, पर्वतमा ६ सय ३ जना, मनाङमा २३ जना, मुस्ताङमा ७६ जना, म्याग्दीमा ४ सय ३ जना, लम्जुङमा १ हजार २ सय ३० जना, बाग्लुङमा १ हजार ५ सय ७३ जना र स्याङ्जामा १ हजार ३ सय ९० जना कुल सङ्क्रमित छन् ।
यो प्रदेशका कुल सङ्क्रमित २२ हजार ४ सय ३३ मध्ये २० हजार १ सय ३० सङ्क्रमणमुक्त भइसकेका छन् ।
प्रदेश नं ५ को अर्घाखाँचीमा १ हजार २ सय २० जना, कपिलवस्तुमा २ हजार ६ सय ४६ जना, गुल्मीमा १ हजार ४ सय २३ जना, दाङमा ५ हजार ७ सय ७८ जना, नवलपरासीमा १ हजार ८ सय ६५ जना, पाल्पामा २ हजार ७ सय ८० जना, प्युठानमा १ हजार १ सय ८२ जना, बर्दियामा २ हजार ५०६ जना, बाँकेमा ९ हजार ७ सय ६६ जना, रुकुम पूर्वमा १ सय ४४ जना, रूपन्देहीमा १३ हजार १ सय ३२ जना र रोल्पामा ४ सय २२ जना कुल सङ्क्रमित छन् ।
प्रदेश नं ५ का कुल ४२ हजार ८ सय ६४ सङ्क्रमितमध्ये ३२ हजार ९६ निको भइसकेका छन् ।
कर्णाली प्रदेशको कालिकोटमा ३ सय ३४ जना, जाजरकोटमा १ सय ६२ जना, जुम्लामा ५ सय ३३ जना, डोल्पामा ६३ जना, दैलेखमा १ हजार ७ सय ३२ जना, मुगुमा ४२ जना, रुकुम पश्चिममा ३ सय ७ जना, सल्यानमा ७ सय ८४ जना, सुर्खेतमा ३ हजार ८ सय १० जना र हुम्लामा ५२ जना सङ्क्रमित भएका छन् ।
यहाँका कुल ७ हजार ८ सय १९ सङ्क्रमितमध्ये ६ हजार ६ सय ५६ सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्कमा छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १ हजार ८ सय ६ जना, कञ्चनपुरमा २ हजार ३ सय ८२ जना, कैलालीमा ७ हजार २ सय ८८ जना, डडेलधुरामा ८ सय ८० जना, डोटीमा १ हजार ५ सय ३४ जना, दार्चुलामा ४ सय २६ जना, बझाङमा १ हजार १ सय १५ जना, बाजुरामा ७४१ जना र बैतडीमा ९ सय २० जना सङ्क्रमित भएका छन् ।
सुदूरपश्चिम प्रदेशका कुल १७ हजार ९२ सङ्क्रमितमध्ये १५ हजार १ सय ८० सङ्क्रमणमुक्त भइसकेका छन् ।