वीरगञ्जमा संक्रमित ७४ वर्षीया महिलाको मृत्यु 



Download our app to get more features

 वीरगञ्ज, १७ बैशाख । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–९ बस्ने ७४ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्ट शुरु भइसकेपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममै शुक्रबार साढे ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
वैशाख १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनलाई नेशनल मेडिकलको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts