पूर्व प्रधानमन्त्री डा. भट्टराईको न्यूुरो इन्डोक्राइन ट्यूमरको शल्यक्रिया गरियो
काठमाडौं, १७ वैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्यूुरो इन्डोक्राइन ट्यूमरको सफल शल्यक्रिया गरिएको छ ।
वीर अस्पतालमा शुक्रवार भर्ना भएका डा. भट्टराईको शनिवार प्रा.डा.सुवोध अधिकारीको नेतृत्वमा रहेको टिमले सफल शल्यक्रिया गरेको हो ।
ट्युमरमा क्यान्सरको शङ्का भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराउँदा उनमा न्यूरो इनडोक्राइन ट्यूमरको समस्या देखिएको र त्यलाई फाल्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
चिकित्सकको सुझाव अनुसार नै उनले शल्यक्रिया गराएका छन् ।
शल्यक्रिया सफल रहेको र डा. भट्टराईको अवस्था पनि सामान्य रहेको बताइएको छ ।
Last modified on 2021-04-30 17:26:49