२४ घन्टामा थप ३३ जनाको कोरोनाका कारण मृत्यु, २६ हजारभन्दा बढी अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, १७ वैशाख । नेपालमा थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

यस्तै हालसम्म नेपालमा रहेका सक्रिय संक्रमितमध्ये ३६ जार १ सय ३५ जना होम आइसोलेसनमा छन् भने २ हजार ६ सय ७८ जनाको उपचार संस्थागत आइसोलेसनमा भइरहेको छ । 

हाल देशभर रहेका संक्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा उपचाररत छन् भने १ सय १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Last modified on 2021-05-01 07:09:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts