दैनिक १५ हजारसम्म शुल्क लिनेगरी कैलालीका निजी अस्पतालले कोरोना वार्ड सञ्चालन गर्ने
धनगढी, १७ वैशाख । कैलालीका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालन गर्ने भएका छन् ।
प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारका लागि वार्ड सञ्चालन गर्न लागेका हुन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालहरुले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालनको लागि सहमति भएको जानकारी दिए ।
जसअनुसार अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०÷१० बेड उपलब्ध गराउने भएका छन् । त्यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५÷५ बेड उपलब्ध गराउने भएको छन् ।
उनले ती अस्पतालले शुक्रबारबाटै सेवा सुरु गर्ने पन िअध्यक्ष जोशीले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि यहाँका निजी अस्पतालहरुले सरकारले सहयोग गरे १ सय बेडको अस्पताल सञ्चालनमा सहयोग गर्ने बताउँदै आएका थिए ।
निजी अस्पतालमा हुने उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरे्रन्द्र कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट दिइने र सरकारले नै खर्च व्यहोर्ने जानकारी दिए ।
उनले सामान्य प्रकृतिको बिरामीको उपचार खर्च प्रतिदिन ३ हजार ५ सय रुपैँया लाग्ने र जटिल लक्षण भएका बिरामीको हकमा ७ देखि १५ हजार रुपैयाँ लाग्ने पनि बताए ।