कोरोना संक्रमण पुष्टि भएको केहि घण्टामै अछाममा बालिकाको मृत्यु
अछाम, १६ बैशाख । अछाममा १ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
बिहीवार बिहान बयालपाटा अस्पतालमा उपचारका पुर्याइएकि कमलबजार नगरपालिकाकि ती बालिकाको ज्यान गएको हो ।
अस्पताल स्रोतका अनुसार बिहिवार बिहान ११ बजे अस्पताल पुर्याईएकि बालिकाको कोरोना संक्रमण पुष्टि भएको केहि घण्टा नबित्दै ज्यान गएको हो ।
श्वास प्रस्वासमा समस्या र ज्वरोको समस्या देखिएपछि उनलाई बयालपाटा अस्पतालमा भर्ना गरिएको थियो ।
केहि दिन पहिले बालिका र उनका आफन्त भारतबाट फर्किएको बताइएको छ ।